अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष समिति गठन, को-को छन् समितिमा ?

लोकपथ
455
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाइएको हो ।

खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महत्तो, सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

समितिले काम थालेको १० दिनभित्र सत्यतथ्य छानबिन गरि प्रतिवेदन बुझाउनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?