इंग्लिस प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जीत

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले संघर्षपूर्ण जीत हात पारेको छ। 

आफ्नो घरेलु मैदानमा शनिवार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि रहिम स्ट्रलिङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता  दिलाए । 

प्रतिस्पर्धात्मक खेलको ३० औँ मिनेटमा न्युकासलका एडलिनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

खेलको पहिलो हाफसम्म बराबरीमा रोकिएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ५२ औँ मिनेटमा सिटीा लागि केयल वाल्करले ३० यार्ड टाढाबाट गोल गरे । निर्धारित समयसम्म न्युक्यासले पनि खेलका फर्कने प्रयास गरेपनि गोल गर्न भने सकेन र खेलमा २-१ को हार बेहोर्‍र्यो ।

जितपछि म्यान्चेस्टर सिटीले ४ खेलबाट १० अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।  सिटीले ४ खेलमा ३ मा जित र १ मा बराबरी खेलेको छ ।

त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २-० गोल अन्तरले हराएको छ । चेल्सीलाई जीत दिलाउन खेलको ७२ औँ मिनेटमा पेड्रोले तथा ८५ औँ मिनेटमा इर्डेन हजार्डले समान एक-एक गोल गरेका थिए । १२ अंक बनाएको चेल्सी लिगको तेस्रो स्थानमा छ । 

शनिवार राति नै भएका अन्य खेलहरुमा साउथह्याम्टनले क्रिस्टल प्यालेसलाई २-० गोलले, लिभरपुलले लिचेस्टरलाई २-१ गोलले तथा उल्भ्सले वेस्टह्यामलाई १-० गोल अन्तरले हराएको छ ।

यता, इभर्टन र हडर्सफिल्डबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?