एभरेष्ट बैंक भित्रैबाट दिनेशको दुई लाख २३ हजार चोरी

बुटवल । बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ । 

आइतबार बिहान १०ः३० बजे नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका कर्मचारी दिनेश ज्ञवालीको रकम चोरी भएको हो ।  

उनले बैंकभित्र रहेको रहेको टेबलमा पैसाको बिटो निकलेर भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले सो रकम चोरेर भागको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लका अनुसार रकम चोरी भएपछि बैंकको सीसीटीभीमा हेर्दा ज्ञवालीले पैसा राखेको टेबलको कुर्सीमा तराई–मधेशी मुलको जस्तो अनुहार भएका व्यक्ति बसेको देखिएको बताए । 

रकम जम्मा गर्न गएका व्यक्तिको लापरवाहीका कारण रकम चोरी भएको र चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी मल्लले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?