किन सेलायो ‘रामकहानी’ को एकाएक तातेको माहोल?

काठमाडौं । यतिबेला नेपाली सिनेमा घरमा दुई चलचित्र मेरी मामु र नाइँ नभन्नू ल ५ प्रदर्शनमा छन् । दुवै चलचित्रले सोलो रिलिज हुने मौका पाएका थिए । दुवैले औसत व्यापार गरेको बताइन्छ ।

आगामी शुक्रवार चर्चामा रहेका दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ एकसाथ भिड्दैछन् । दुवै चलचित्र यतिबेला चर्चामा छन् । किनकि यी दुई फिल्मको भाले जुधाइ हुँदैछ । दुवै चलचित्रको ट्रेलरले औसत चर्चा पाए पनि स्टारडमका कारण दुवै फिल्म चर्चामा छन् ।

अहिलेका चकलेटी स्टार प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ को टिम पनि केही दिनयता मोफसल प्रचारमा निस्केको छ । फिल्मको राम्रै प्रचार गरिएको छ ।

‘रामकहानी’ की अभिनेत्री पूजाका पनि आफ्नै फ्यान फलोइङ छ । चर्चाको हिसाबले पनि यो फिल्म राम्रै चर्चामा छ ।

केही समयअघि ‘रामकहानी’ टिम तडकभडकका साथ फिल्मको प्रचारमा लागेको थियो । यतिबेला भने टिम केही सुस्त देखिएको छ । हलमा फ्री वाईफाईदेखि असनमा नाच्नेसम्मका प्रचार गरेको फिल्म युनिट यतिबेला भने केही सुस्त देखिएको छ ।

सिनेमा घरमा फिल्म रिलिज हुने मौकामा आखिर किन प्रचारमा त्यति खुलेर लागेन त? धेरैलाई यस्तै लागेको छ ।

बरु ‘रोज’ टिम भने यतिबेला फिल्मको प्रचारमा खुलेरै लागेका छन् ।

जे होस्, दुवै चलचित्रले उत्तिकै हाइप बनाए पनि हलसम्म अझ बढी दर्शक तान्नका लागि खुलेरै फिल्मका बारेमा लाग्नुपर्ने देखिन्छ । किनकि, दर्शक कुन फिल्म हेर्ने भनेर कन्फ्युज भइरहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?