एशिया कप छनोट: नेपालको फाइनलमा पुग्ने सम्भाबना कायमै, सिंगापुर चार विकेटले पराजित (तस्वीर सहित)

मलेसिया । नेपालले मलेसियामा जारी एशिया कप छनोटको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । 

युकेएम ओभल मैदानमा आइतवार भएको तेस्रो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने सम्भाबनालाई जिवितै राखेको छ । सिंगापुरले दिएको १ सय ५२ रनको विजयी लक्ष्य नेपालले २८ दशमलब १ ओभरमा मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाहले सर्बाधिक ४३ रनको योगदान दिए । उनले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे ।

त्यस्तै, दिपेश सिंह ऐरीले ३३ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ले २९ रन, ओपनर ब्याट्सम्यान सुवास खुकरेल र सागर पुनले समान १४-१४ रन बनाए । कप्तान पारस खड्का मात्र ११ रन बनाएर पभेलियन फर्किए । 

तस्वीर : एशियन क्रिकेट काउन्सिल

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रनको सामान्य योगफल तयार पारेको थियो । 

पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन। त्यसपछि सिंगापुरले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो ।  सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए। चेतले चौथो विकेटका लागि अनिस परामसँग ८० रनको साझेदारी गरेका थिए। 

नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान ३-३ विकेट लिदै सिंगापुरको पारी ध्वत पारेका थिए ।

ललितले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिन सफल भए। सोमपाल कामीले २ विकेट लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?