ला लिगा फुटबलमा रियल म्याड्रिड र सेल्टा डि भिगो विजयी (तस्वीर सहित)

स्पेन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले शानदार जीत हात पारेको छ । 

आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिवारराति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियलले जितेको यो तेस्रो खेल हो ।  खेल शुरु भएको १७ मिनेट पनि बित्न नपाउँदै रियलका लागि ग्यारेथ बेलले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

बेलले गोल गरेपछि निक्कै आक्रामक खेल खेलको लेगानेसका लागि २४ औँ मिनेटमा गुइडोले पेनाल्टीमार्फ गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । 

खेलको पहिलो हाफसम्म बराबरीमा रोकिएको रियल म्याड्रिडले दोस्रो हाफमा ३ गोल गर्‍यो । दोस्रो हाफको शुरुवाती समयमा नै करिम बेन्जामाले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । त्यस्तै, ६१ औँ मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । 

खेलको ६६ औँ मिनेटमा कप्तान सर्जियो रामोसे पेनाल्टीमार्फत गोल गर्दै खेललाई ४-१ को स्थानमा पुर्‍याए । निर्धारित समयसम्म लेगानेसले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्‍यो ।

यसैबीच, लुका मोडरिचले युईएफएले प्रदान गरेको वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड समेत प्रर्दशन गरेका थिए । 

जितपछि ९ अंक बनाएको रियल म्याड्रिड लिगको शिर्ष स्थानमा छ । 

त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा सेल्टा डि भिगोले एथ्लेटिको म्याड्रिडलाई २-० गोल अन्तरले हरायो । सेल्टा डि भिगोका लागि म्याक्सीमिलियानो गोमेज र इगो आसपासले समान एक-एक गोल गरेका थिए ।

जितपछि ७ अंक बनाएको सेल्टा लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?