वीरगञ्जमा ९० किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ

लोकपथ
130
Shares

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ९० किलो गाँजा लोड गरिएको कारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यू.पी.७० बाइक ९९५५ नम्बरको भारतीय कारमा सवार भइ गाँजा लिएर गइरहेको सूचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बीरगञ्ज–२८ बगहीबाट दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको कमलसागर गोपालपुर निस्फी निवासी रविकान्त भारती र विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा–१० निवासी सुनिल भारती रहेका छन् ।

पक्राउ परेका दुबै जनालाई गाँजासहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?