निकै ऋणमा डुबेका रहेछन् प्रियंकाका ससुरा

मुम्बई – अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसको बिहेको चर्चा छ । अब फ्यानलाई यी दुईको बिहेको मितिको प्रतीक्षा छ । यसैबीच निक जोनसका पिता र प्रियंकाका हुनेवाला ससुरा पल जोनससँग जोडिएको एउटा खबर सार्वजनिक भएको छ ।

निक जोनसका पिताको एक रियल स्टेट कम्पनीमा एक मिलियन डलर बराबरभन्दा बढी कर्जा छ । यसमा २ लाख ६८ हजार डलर (नेपाली ३ करोडभन्दा बढी) को एक जजमेन्ट पनि सामेल छ । यो केश उनको कम्पनीले हारेको थियो ।

रिपोर्टका अनुसार अब पैसाका लागि पलले आफ्नो न्यू जर्सी कन्ट्रक्सन र रियल स्टेट कम्पनीको सम्पत्ति बेच्ने योजना बनाइरहेका छन् । यसभन्दा पहिले जोनस ब्रोदर्सले संसारभर आफ्नो लाखौंको रेकर्डस् बेच्ने गर्थे । पछि तीनैले अलग–अलग काम गर्न शुरु गरेका थिए ।

रिपोर्टका अनुसार निक जोनससँग अहिले २५ मिलियन डलर (नेपाली २ अरब ८३ करोड) भन्दा बढी सम्पत्ति छ । उनले सारा सम्पत्ति गीत गाएर कमाएका थिए । उनले गीतसँगै एक्टिङ करिअर पनि शुरु गरेका थिए । निकले हालै हलिउड फिल्म ‘जुमान्जी’ मा पनि अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?