एन्फाले ‘साफ च्याम्पियन’को उपाधि जितेमा खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले साफ च्याम्पियनसिपको उपाधि जितेमा ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडी बिदाई कार्यक्रममा बोल्दै 'एन्फा' अध्यक्ष कर्मा छिरिङ शेर्पाले ‘साफ’को उपाधि विजेता टिमका प्रत्येक खेलाडीलाई जनही ५-५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।  

‘हामीले यो साफ च्याम्पियनसिप जित्ने सबै खेलाडीलाई जनही ५-५ लाख रुपैयाँ दिने घोषणा गरेका छौँ । खेलाडीहरुको प्रोत्साहनका लागि सो पुरस्कार रकम दिने निर्णय गरेका हौँ।’ उनले बताए । 

साथै, अध्यक्ष शेर्पाले 'एन्फा'को खातामा रकम रित्तो हुँदा पनि खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेको बताए । ‘हामीले खाता रित्तो भएको स्थितीमा पनि पुरस्कार दिने निर्णय गरिसकेका छौँ । अझ एन्फा सम्बृद्ध हुँदा पुरस्कार राशीमा बृद्धी हुनेछ ।’ उनले थपे । 

यहि मंगलवार देखि बंगलादेशको राजधानी ढाकामा शुरु हुने ‘साफ’ च्याम्पियनसिपका लागि नेपाली खेलाडीसहितको टोली आइतवार नै त्यसतर्फ प्रस्थान गरेका गरेका छन् । खेलाडीसहितको टोलीलाई युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा र खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरेका थिए ।

‘साफ’ च्याम्पियनसिपको इतिहासमा नेपालले सेमिफाइनल भन्दा माथिको स्थान तय गर्न सकेको छैन् । यस पटक नेपालले उपाधि जित्ने लक्ष्य बनाएको छ ।
समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् । 

नेपालले आफ्ना समूहको पहिलो खेलमा मंगलवार पाकिस्तानविरुद्ध खेल्नेछ । 

प्रारम्भिक नेपाली टोली
गोलरक्षकः किरण राई, बिकेश कुथु, एलन राई
डिफेन्डरः दिनेश राजवंशी, देबेन्द्र तामाङ, कप्तान बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिड फिल्डरः हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्डः भरत खवास, बिमल घर्ति मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?