काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः स्थागित भएको छ ।
माओवादी केन्द्रबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु संसद बैठकमा उपस्थित हुनुपर्ने भएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
उनले भने, ‘नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नु पर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रिय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहिवार बिहान ११ बजे बस्ने भएको छ।
धन्यवाद !’
आइतबारबाट जारी केन्द्रीय कमिटी बैठक मंगलबार स्थगित गरिएको थियो । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
मंगलबारबाट सारिएको आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको थियो ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित भएसँगै माओवादी केन्द्रले पनि बैठक स्थगित गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएको भन्ने सूचना बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरिरहेको छ । आजको बैठकमा एमालेले अर्थमन्त्रीलाई बोल्न नदिने भएसँगै सभामुखले त्यसबारेमा परामर्श गरिरहेका छन् । एमालेसँगको छलफल जारी रहँदा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया