अनमोल र सुहानासँगै ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त

पोखरा । नायिका तथा निर्देशक झरना थापाको दोस्रो निर्देशकीय फिल्म ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त भएको छ । निर्र्माण टिमले शनिवार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापासँगै फिल्मको मुहूर्त गरेको हो ।

सुनील कुमार थापाले निर्माण गर्ने यो फिल्मको छायांकन केही हप्तापछि हुनेछ । अनमोल र सुहानाको जोडी रहने यो फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् ।

सुहाना थापा अभिनेत्री झरना थापाकी छोरी हुन् । यही फिल्मबाट उनी नेपाली सिनेमामा डेब्यु गर्दैछिन् । यसअघिको फिल्म ‘ए मेरो हजुर २’ व्यावसायिक रुपमा सफल भएको थियो । चलचित्रमा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका थियो ।

अनमोल केसीले ‘क्याप्टेन’ को काम सकिनासाथ यो फिल्मका लागि समय दिनेछन् । चलचित्र आउँदो चैत २९ गते रिलिज गरिने निर्माण टिमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?