३० आश्विन २०७८, शनिवार

अस्पतालमा स्तनपान कक्ष स्थापना

२०७५,भाद्र,१७,आईतवार ०५:५०


रोल्पा । जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु-याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । 

जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । 

स्तनपानका लागि निश्चित ठाउँको अभावमा पहिलो बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । 

सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनि अधिकांश स्वास्थ्य संस्था स्तनपान कक्षबिहीन रहेको पाइएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१७,आईतवार ०५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाना खाएपछि हामी सामान्यतया केही बेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाई हामी सबैको चलन हो

युरिक एसिड भएका व्यक्तिहरूलाई चाडपर्वको समयमा सबैभन्दा नमिल्ने भनेकै खानपिन नै हो । अझ दसैँ जस्तो महान् चाडपर्वको अवसरमा युरिक

चाडपर्वको अवसरमा नेपालीहरूको खानपानमा व्यापक परिवर्तनहरू देखिने गर्छ । अझ वर्ष दिनमा एक पटक आउने चाडबाडको समयमा सबैले घरमै मिठो

चाडपर्व त्यसमा पनि दसैँ तिहारको अवसरमा नेपालीको खानपिन अरू समयको भन्दा बेग्लै र धेरै हुने गर्छ । त्यसैले यो दसैँमा

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७
मौषम अपडेट : आजदेखि वर्षाको सम्भावना
 २०७८,आश्विन,३०,शनिवार १४:३०