माल्दिभ्सस्थित चिनियाँ लगानीमा बनेको पुल भारतद्वारा बष्हिकार

एजेन्सी : माल्दिभ्सको राजधानी मालेस्थित चिनियाँ लगानीमा बनेको पुलको उद्घाटनलाई भारतले बहिष्कार गरेको छ ।

यसबाट भारत र माल्दिभ्सबीचको असमझदारी बढेको देखिएको छ ।

सिनामाले पुलको उद्घाटनमा माल्दिभ्सका लागि भारतीय राजदूत अखिलेश मिश्र अनुपस्थित रहे ।

मालेका सरकारी अधिकारीहरूका अनुसार भारतीय राजदूतलाई निम्तो गरिएको थियो तर राजदूत अनुपस्थित रहे ।

भारतीय अधिकारीहरूले यसबारे कुनै टिप्पणी दिन मानेका छैनन् ।

यो पुललाई चीन माल्दिभ्स मैत्री पुलको रूपमा बुझिएको छ ।

यो पुल ११ करोड ६० लाख अमेरिकी डलर बराबरको चिनियाँ अनुदानमा बनेको छ ।

यसका अतिरिक्त चीनले माल्दिभ्सको १.४ किलोमिटर लामो पुलका लागि ७ करोड २० अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?