नेपाली सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू

लोकपथ
117
Shares

लमजुङ । नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।

बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।

सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ हुने गरी कृषि संस्थान सुरुवात गरेको हो ।

१६ असारबाट औपचारिक रुपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा। श्यामसुन्दर शर्माले बताए । उनका अनुसार हाल नेपाली सेना परिवारतर्फ २३ जना र सिभिलतर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसमा नेपाली सेना परिवारतर्फका २४ र गैरसैनिकतर्फ २४ जना गरी प्रतिवर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउँनेछन् ।

क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यवसायिक कृषि उत्पादन पनि सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?