रुसी मिसाइल हमलामा ब्राजिलकी मोडल थालितोको मृत्यु

लोकपथ
598
Shares

काठमाडौं । एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन् । ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन् । यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् ।

गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको थियो । खार्किभमा रुसले तीब्र मिसाइल प्रहार गरेको थियो ।

आक्रमणमा ब्राजिलका पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।

अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । आइएसआईएससँग लडेको युद्धको अनुभवसहितको एउटा भिडियो उनले युट्युब राखेकी थिइन् ।

उक्त भिडियोलाई हजारौँले हेरेका थिए । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानुनको अध्ययन गरेकी थिइन् । उनले एनजीओहरूसँग पशु उद्धारमा पनि भाग लिएकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?