अब बिमा कम्पनी पनि मर्जरमा !

काठमाडाैं : यसअघि दुर्इ भन्दा बढि बैंक गाभि सेवा प्रवाह र चुक्ता पुँजी व्यवस्थापन गरेको सरकारले अब बिमा कम्पनीहरूलार्इ पनि मर्जरको बाटो देखाएको छ । 

संसदमा पेश भएका 'बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५' मा बिमा व्यवसाय हस्तान्तरण गर्नेदेखि बिमा कम्पनी गाभ्न वा  गाभिन पनि बाटो खुला गर्ने प्रावधान राखिएसँगै बिमा कम्पनीहरूलार्इ एक अापसमा मर्ज हुने बाटो खुलेको हो । 

अर्थ मन्त्रालयले संसदमा पेश गरेको विद्येयकमा बिमा व्यवसायहरुमध्ये सबै वा केही बिमा व्यवसाय (पोर्टफोलियो) प्राधिकरणको स्वीकृति लिई सोही किसिमको बिमा व्यवसाय गर्ने अर्को बिमकलाई हस्तान्तरण गर्न सक्ने वा एकै किसिमको बिमा व्यवसाय गर्ने बिमकहरुले प्राधिकरणको स्वीकृति लिई प्रचलित कानुन बमोजिम एक आपसमा गाभ्न वा गाभिन सक्ने प्रावधान समावेश गरिएको छ ।

संसदमा पेश भएको यो विद्येयक स्वीकृत भएपछि बिमा कम्पनीहरूलार्इ एक-अापसमा गाभिन बाटो खुल्नेछ । तर, बिमा क्षेत्रलार्इ असर पर्ने र बिमितलार्इ नोक्सान पर्ने देखिएमा भने सरकारले मर्जरको स्वीकृति दिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?