एसिया कप छनोट : नेपालका बलरले ध्वस्त पारे सिंगापुरको ब्याटिङ अर्डर

काठमाडाैं : एसिया कप छनोटअन्तर्गत अहिले भर्इरहेको क्रिकेट प्रतिष्पर्धामा नेपाली बलरहरूले सिंगापुरको ब्याटिङ अर्डरलार्इ ध्वस्त पारिदिएका छन् । 

टस जितेर ब्याटिङ रोजेको सिंगापुरका सवै विकेट नेपाली खेलाडीहरूले ४२ अाैं अोभरमै झारिदिएका छन् । सिंगापुरले जम्मा १ सय ५१ रनमात्र जोड्न सक्यो ।

नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले सिंगापुरको समान ३/३ विकेट लिएका छन् । यस्तै, सोमपाल कामीले २, बसन्त रेग्मी र दिपेन्द्रसिंह एेरीले समान १/१ विकेट लिएका छन् । 

सिंगापुरका लागि सीअार सूर्यावंशीले ८८ बलमा सर्वाधिक ६० रन बनाए । उनलार्इ नेपालका ललित राजवंशीले पेभेलियन फर्कार्इदिए ।

दोस्रो र्इनिङमा ब्याटिङ गर्दा नेपालका ब्याट्स्म्यानहरूले संयमता देखाउनसके केही अोभरमै सिंगापुरले दिएको विजय लक्ष्य पार गर्न सक्ने देखिएको छ ।

नेपालले यसअघि हिजोको खेलमा मलेसियालार्इ पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?