चुरे र तरार्इ क्षेत्रमा अाज दिउँसो ठूलो पानी पर्ने

काठमाडौं : अाज (अार्इतबार) दिउँसो नेपालका चुरे र तरार्इ क्षेत्रमा भारी बर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

यस क्षेत्रमा बसोबास गर्ने नागरिकले बाढी र डुबानको खतराबाट बच्न सतर्कता अपनाउनुपर्ने भएको छ । 

अाज बिहानभर पनि देशका अधिकांश क्षेत्रमा मध्यम खालको बर्षा भर्इरहेको छ । अार्इतबार दिनभरको माैसम यस्तै रहनेछ । 

अार्इतबार राती पनि देशका पूर्वी र मध्य भागमा ठूलो पानी पर्ने महाशाखाले प्रकाशित गरेको माैसम बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?