यति एअरलार्इन्सको जहाज हटाएपछि त्रिभुवन विमानस्थल सञ्चालनमा अायो

काठमाडाै : शनिबार बेलुकी अवतरणका क्रममा धावनमार्गबाट उछिट्टिएर घाँसे मैदानमा पुगेको यति एयरलार्इन्सको जहाजलार्इ हटार्इएपछि बल्लतल्ल १३ घन्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा अाएको छ । 

अन्तरराष्ट्रिय विमानस्थलको उडान/अवतरण नै ठप्प गराउनेगरि घाँसे मैदानमा पुगेको यतिको सो जहाज नेपालगञ्जबाट २१ यात्रुसहित काठमाडाैंमा अवतरण भएको थियो । तर अवतरणका क्रममा धावनमार्गबाट चिप्लेर घाँसे मैदानमा पुगेको थियो । यतिको विमान दुर्घटनामा परेपनि यात्रुहरू भने सकुशल रहेका छन् । 

धावनमार्ग नजिकको घाँसे मैदानमा विमान दुर्घटना भएपछि विमानस्थलमा उडान/अवतरण बन्द गरिएको थियो । यो बीचको १३ घण्टामा १२ वटा अान्तरिक र वाह्य उडान रोकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

यो पनि :

यति एयरलाइन्सको जहाज विमानस्थलमा दुर्घटनाग्रस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?