काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।
आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए ।
आइतबारदेखि मंगलबारसम्मका लागि बैठक बोलाइए पनि मंगलबार भने तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले मा पूर्व स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी पदाधिकारी पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्नेबारे छलफल गरेका थिए । बैठकमा उनले प्रचण्डले कसेसम्म छलफल र सहमतिको माध्यमबाट कमिटीहरु गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भने आन्तरिक छलफललाई व्यापक बनाइएको छ ।
बैठक पूर्व निर्धारित कार्यतालिका अनुसार दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया