अपराध संहिताको विरोधमा चिकित्सक संघले देशभरका अस्पताल बन्द गर्‍यो

काठमाडौं : मुलुकी अपराध संहिताका कारण स्वास्थ्यसेवामा खटिन नै नसक्ने स्थिति अाएको जनाउँदै नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरूमा अाकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । 

भदाै १ गतेदेखि कार्यान्वयनमा ल्यार्इएको मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएमा वा अंगभंग भएमा ५ बर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्था राखिएपछि डाक्टरहरू अान्दोलनमा उत्रँदै अाएका छन् ।

डाक्टर र चिकित्सकलार्इ ज्यानमाराको दर्जा दिन खोजेको तर्क राख्दै नेपाल चिकित्सक संघले स्वास्थ्यसंस्थाहरू बन्द गरेको हो । चिकित्सक संघको अाव्हानमा देशभरका चिकित्सकहरूले अहिले अस्पतालहरू बन्द गराएका छन् ।

डाक्टरहरूले अाजै नियामक नेपाल मेडिकल काउन्सिलमा गर्इ लार्इसेन्स फिर्ता गर्ने चिकित्सक संघले जानकारी दिएको छ । साथै, बिहान १० बजे मार्इतीघर मण्डलामा प्रदर्शन गरि सरकारलार्इ अपराध संहिता संशोधन गर्न दबाब दिने संघका पदाधिकारीहरूले जानकारी दिएका छन् ।

उपचारका क्रममा बिरामीको स्वास्थ्य र जीवनमा तलमाथि भएपनि अाफुहरूलार्इ कारबाही गर्न नहुने चिकित्सकहरूको माग छ ।

यो पनि : 

नयाँ मुलुकी संहितामा चिकित्सकको आपत्ति : लाइसेन्स बुझाएर घर बस्ने चेतावनी !

चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आकस्मिक बाहेक सबै सेवा रोक्ने

चिकित्सकको लापरवाही: गर्भवती महिलाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?