नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ ।
माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।
माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सो प्रतिवेदनमा सोमबार ४६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।
सदस्यहरुले उठाएको धारणामाथि प्रचण्डले आज जवाफ दिने कार्यक्रम समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया