भएन क्यानाडा र अमेरिकाबीच व्यापार सम्झौता

एजेन्सी : उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता(नाफ्टा)सम्बन्धमा अमेरिकाले क्यानाडासँग खोजेको शर्तमा हुने अपेक्षित व्यापार समझौता हुन सकेको छैन् ।

दुई देशबीच भएको छलफल निष्कर्ष विहीन रहयो । अमेरिकी अधिकारीहरूले क्यानाडासँग फेरि अर्को हप्ता छलफल हुने र सम्झौताका लागि प्रयास गरिने जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट क्यानाडासँग अमेरिकी शर्तमा सम्झौता हुने अभिव्यक्ति सार्वजनिक गरिएको थियो ।

तर पछि ट्रम्पले यो कुरो आफूले अफ द रेकर्ड भनेको जनाएका थिए ।

ट्रम्पले भने “अब कुरो बाहिर आइसकेको हुनाले अमेरिकाले चाहेको विषय क्यानाडाले बुझिसकेको होला”

अमेरिकाले मेक्सिकोसँग हालै एक व्यापार सम्झौता गरेको छ । अमेरिकाले त्यस्तै सम्झौता क्यानाडासँग गर्न खोजेको छ ।

यो त्रिपक्षीय सम्झौताबाट वर्सेनी १ लाख करोड अमेरिकी डलर बराबरको व्यापार हुन्छ ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले नयाँ व्यापार सम्झौताबारे अमेरिकी सदनलाई जानकारी दिन ९० दिनको अन्तिम समय शुक्रबार थियो ।

डिसेम्बर अघि अमेरिकाले नाफ्टा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

यो दिन मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति पदभार सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?