एकै बेडमा ३ गर्भवती

सुनसरी — पर्याप्त बेड नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूतिका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने रकतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।

प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ वर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् ।

प्रतिष्ठानको प्रसूति विभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसूतिका लागि आउने गरेका विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?