पाकिस्तानको नयाँ सरकारलाई अमेरिकी धक्का

एजेन्सी : अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सैनिक सहयोग खारेज गरेको छ । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव खारिज गरिएको जनाएको छ ।

पाकिस्तानी सेनाले अमेरिकी सहयोगको उपयोग चरमपन्थी विरूद्धको प्रभावकारी कारबाही गर्न असफल भएकोले दिने भनिएको सो सहयोगलाई खारिज गरिएको जनाइएको छ ।

अमेरिकी रक्षा मन्त्रलायका प्रवक्ता लेफ्टिनेन्ट कर्नल कोनी फकनरले  भने“ अमेरिकी रक्षा विभागले यो रकमको उपयोग आवश्यक प्राथमिकतामा खर्च गर्नेछ ।”

अमेरिकी प्रशासनले जनाए अनुसार पाकिस्तानले अफगानिस्तानमा हिंसा फैलाउने चरमपन्थी समूहका लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराइरहेको छ ।

ती चरमपन्थीहरूले अफगानिस्तानमा १७ वर्ष देखि युद्ध गरिरहेका छन् । तर पाकिस्तानले यो आरोपलाई इनकार गर्दै आएको छ ।

पाकिस्तानले चरमपन्थीहरू विरूद्धको व्यवहारमा परिवर्तन ल्याए अमेरिकी सहयोग फेरि पाकिस्तानलाई उपलब्ध हुन सक्ने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

यसअघि अमेरिकाले यो वर्षको शुरूमा पाकिस्तानलाई दिने भनिएको ५० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग खारिज गरेको थियो ।

तर अमेरिकी सांसदबाट यो निर्णयलाई अनुमोदन गर्न बाँकी रहेको छ ।

नयाँ वर्षको पहिलो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको ट्विटमा पाकिस्तान झूठो बोलने गरेको र चरमपन्थीलाई सुरक्षित आश्रयस्थल दिने गरेको आरोप लगाएका थिए ।

साथै ट्रम्पले अमेरिकाबाट अबौं अमेरिकी डलर सहयोग लिएपनि चरमपन्थीलाई पोषण गरिरहेको आरोप लगाएका थिए ।

अमेरिकाको यो निर्णयबाट पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानलाई समस्या बढाउने देखिएको छ ।

पाकिस्तानको विदेशी मुद्रा भण्डार निरन्तर घटिरहेको छ । सन् २०१७मा पाकिस्तानको विदेशी मुदा भण्डारको अवस्था १५.४ अर्ब अमेरिकी डलर बराबर थियो ।

अब यो १० अर्ब डलर भन्दा तल पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?