कांग्रेस पदाधिकारी बैठकमा भातृ संस्थाका समस्याबारे छलफल

लोकपथ
26
Shares

काठमाडौं । संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका का बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

आज देखी सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखा परेका समस्या देखी मर्जसम्मका बिषयमा छलफल भएको हो ।

प्रवक्ता प्रकाश शरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही बिषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बिषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भए पछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पुर्व पदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थिीति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?