माओवादी केन्द्रमा पदाधिकारी चयनको अधिकार प्रचण्डलाई

लोकपथ
0
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सकिएको छ । बैठकले पदाधिकारी चयन गर्ने पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । मंगलबार प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रको विस्तारित बैठक बसेको थियो ।

अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।

माओवादी केन्द्रले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी, १ सय २५ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी कमिटी चयन गर्न सकेको छैन । पार्टीको आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकको ९ मध्ये एउटा एजेण्डा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको टुंगो लगाउने पनि थियो । तर, आइतबार र सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले टुंगो लगाउन सकेनन् ।

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो छिटोभन्दा छिटो चयन गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुबाट उठ्न थालेपछि अध्यक्ष प्रचण्ड मंगलबारको केन्द्रीय कमिटी बैठक स्थगित गरेर गृहकार्यमा लागेका हुन् । केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?