२६ श्रावण २०७९, बिहीवार

प्रतिबन्ध फुकुवा भएसँगै साफमा सहभागिताका लागि पाकिस्तानको छलफल सुरु

२०७९,असार,२१,मंगलवार १७:५७

99
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ ।

पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालमा हुने प्रतियोगितामा सहभागिताका लागि साफका महासचिव उग्येन वाङचुकसँग वार्ता गरेको जनाएको छ ।

प्रतिबन्ध फुकुवा भएसँगै साफका केही इभेन्टहरूमा पाकिस्तानले सहभागिताका लागि टिम पठाउने तयारी गरिरहेको पाकिस्तान फुटबलले जनाएको छ ।

महिला साफ च्याम्पियनसिपको छैटौँ संस्करण १३ देखि २५ भदौसम्म नेपालमा हुने तय भएको छ । यसअघि सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एक सामान्यीकरण कमिटी गठन भएको थियो । जसले पिएफएफलाई पूर्णरूपमा आफ्नो मातहतमा ल्याएपछि फिफाले प्रतिबन्ध पछिल्लो हप्तामात्र प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि, उक्त कमिटीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएमा फेरि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार १७:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक

आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९