भक्तपुरमा सवारी दुर्घटनाबाट युवतीको मृत्यु

लोकपथ
442
Shares

काठमाडौं । काठमाडौं भक्तपुरस्थित गठ्ठाघरमा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । भक्तपुर मध्यपुरठिमी नगरपालिका–३ गठ्ठाघरमा मंगलबार दिउसो १ बजे दुर्घटना भएको थियो ।

ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् । यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका–५ घर भई जडिबुटीमा बस्ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् ।

उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?