पार्टीलाई बलियो बनाउन गुट उपगुट र विभाजित मानसिकताबाट टाढा रहनुपर्नेमा केसीकाे जोड

बनेपा- पूर्वसभामुख एवं नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुङ्गानाले प्रजातान्त्रिक विचारको कमी भएकाले नेपाली काङ्ग्रेस पार्टी कमजोर भएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा आज भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ उनले पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि आफ्नो निकटकालाई साथमा लिएर हिँडेकाले पार्टी जनताबाट पछि परेको बताए ।

काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन गुट उपगुट र विभाजित मानसिकताबाट टाढा रहनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा पार्टी हार्नुमा पहिलो जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने र त्यसपछि पदीय हिसाबले सबैले लिनुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले कृष्णप्रसाद भट्टराईको सिद्धान्त अवलम्बन गरेमा मात्रै प्रजातान्त्रिक विचार बाँच्न सक्ने बताए । सिंहले अहिले काङ्ग्रेस प्रतिपक्ष पनि बन्न नसक्ने र सत्य कुरा पनि बोल्न नसक्ने अवस्थामा पुगेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?