फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै जेम्स क्यामरुन

लोकपथ
78
Shares

काठमाडौं । फिल्म निर्माता जेम्स तथा निर्देशक जेम्स क्यामरुन आफ्नो फिल्म ‘अवतारः द वे अफ द वाटर’को रिलिजको पर्खाइमा छन् । उनले हालैमात्र आफू तेस्रो सिक्वेल पछि फ्रेञ्चाइजी फिल्मको निर्देशन नगर्ने खुलासा गरेका छन् ।

उनले आफू अन्य परियोजनाका लागि पेण्डोराको दुनियाँलाई पछाडि छोड्ने विचार गरिरहेको बताएका हुन् । उनले फ्रेञ्चाइजको बाँकी योजना अन्य निर्माताको हातमा छोड्ने जनाए ।

पहिलो ‘अवतार’को सिक्वेल ‘अवतारः द वे अफ वाटर’ यसै वर्षको १६ डिसेम्बरमा रिलिज हुँदै छ । यसको तेस्रो सिक्वेल पनि ‘अवतारः द वे अफ वाटर’सँगै खिचिएको थियो । जुन फिल्म सन् २०२४ मा रिलिज हुँदैछ ।

उनले भने, ‘मसँग अन्य केही कुरा पनि छन्, जसलाई म विकसित गरिरहेको छु । जुन रोमाञ्चक छ’

क्यामरुनले सन् २०१९ को अलिटाः बेटल एञ्जल’बाट सुरु हुने परियोजनाका लागि निर्देशनको कुर्सीबाट आफूलाई टाढा राखेका छन् । यद्यपि उनले कार्यकारी निर्माता तथा सह–लेखकका रुपमा उनको यात्रा भने कायमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?