सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । जारी बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य पनि बैठकमा सहभागी छन् ।

बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी भएका छैनन् । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् । आठ सह-महामन्त्रीमध्ये उमाकान्त चौधरी भने सहभागी छैनन् । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भ्रातृ संस्थाको विधानका सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।

त्यस्तै, बैठकमा विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल भइरहेको छ ।कांग्रेसले असार २७ मा स्थानीय निर्वाचनको समीक्षा,संघ र प्रदेश निर्वाचनको रणनीति र पार्टीको आन्तरिक संरचना निर्माणका छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?