यति एयरलाइन्सको विमान विमानस्थलमा दुर्घटनाग्रस्त

काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको छ । नेपालगन्जबाट आएको विमान विमानस्थलमा अवतरणका क्रममा शनिबार साँझ दुर्घटनाग्रस्त बनेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार विमान चिप्लिएर घाँसे मैदानमा पुगेपनि यात्रु भने सकुशल रहेका छन् ।
विमानमा २१ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?