नवनियुक्त मन्त्री मृगेन्द्रकुमार सिंहविरुद्ध सर्वोच्चमा रिट

लोकपथ
195
Shares

काठमाडौं । मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै नियुक्तिको खारेजी माग गर्दै मंगलबार अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन पेश भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । जसमा मृगेन्द्र सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

संविधानले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई मन्त्री बनाउन निषेध गरेको छ । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?