८ कार्तिक २०७८, सोमवार

बिम्सटेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

२०७५,भाद्र,१६,शनिवार १२:४१


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्सटेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । 

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०-३० जना सैनिकको सहभागिता हुनेछ । 
सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 

यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको छ । 

उक्त अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुना पुग्ने कार्यक्रम रहेको बताइएको छ । पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतङ्कवादका विषयमा केन्द्रित रहेर विभिन्न देशका सैनिकबीच यस्ता संयुक्त अभ्यासले निरन्तरता पाउँदै आएको छ । 
 

प्रकाशित मिति: २०७५,भाद्र,१६,शनिवार १२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६