‘नेपहपको श्रीपेच’ को मुकुट मेयर शाहले दिए फिर्ता

लोकपथ
286
Shares

काठमाडौं । नेपालकै पहिलो हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार साइमनले उपाधि जितेपछि हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ मुकुट फिर्ता गरिएको छ ।

विवादित श्रीपेचको मुकुट बौद्ध धर्मावलम्बी गुरूलाई विजेता भाइबर साइमन र काठमाडौं महानगरका मेयर बालेन शाहले फिर्ता गरेका हुन् । बौद्ध कला संस्कृति झल्किने मुकुट बज्राचार्य समुदायको संस्कृतिसंग समेत जोडिएको बताइएको छ । बज्राचार्यहरूको पूजामा अभिषेक पाएपछि गुरूले शिष्यलाई यस्तो मुकुट दिने चलन छ ।

आफूहरूको मुकुटलाई रियालिटी शोमा उपाधिका रूपमा दिइएको भन्दै विरोध भएको थियो । ‘कसैको धार्मिक भावनामा ठेस पुर्याउने उद्देश्य थिएन । त्यसैले मुकुट फिर्ता गरिएको हाे ।’ नेपहप श्रीपेचका निर्देशक निकेश खड्काले भने ।

शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । सो चलिरहँदा नै शाह काठमाडौं महानगरका मेयर निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?