बैंकिङ क्षेत्रको कुल निक्षेप ५० खर्ब २९ अर्ब पुग्यो

लोकपथ
104
Shares

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले यही असार १९ गतेसम्ममा उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुको मात्र निक्षेप ४४ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप पाँच खर्ब ८९ अर्ब रुपैंयाँ रहेको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब छ अर्ब रुपैंयाँ रहेको छ ।

उक्त कर्जा मध्ये वाणिज्य बैंकहरुले मात्र ४१ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पाँच खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप बढेकाले कर्जा पनि बढेको राष्ट्र बैंकको भनाइ छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) ८८ दशममलव ६३ प्रतिशत रहेको छ भने अन्तर बैंक कारोबारको व्याजदर सात दशमलव शुन्य एक प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?