अर्थमन्त्रीको बर्खास्तीको मागसहित युवा संघको प्रदर्शन

लोकपथ
39
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको मागसहित नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंमा युवा संघले विभिन्न नारासहित अर्थमन्त्रीको बर्खास्तीको मागसहित प्रदर्शन गरेको हो ।

उनीहरुले ‘जनार्दन कि धर्नाजन ?, अर्थमन्त्रीज्यू यो के हो ? कालो कर्तुत हो ?, सेतो जुंगा कालो मन’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा भित्र्याएर करका दर घटबढ गराउन लागेको तथ्य बाहिरिएको थियो । सो तथ्य बाहिरिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सिटिटिभि फुटेज हेर्न माग गरेको थियो ।

अर्थमन्त्रालयले सिसिटिभि फुटेज समेत डिलेट भएको बताएसँगै त्यसबारे आशंका उत्पन्न भएको छ । अहिले अर्थमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?