रवीन्द्र मिश्रको साझा विवेकशीलको समेत यो हालत

काठमाडौँ, ३० असोह- समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको सूची बुझाउन दलहरू निकै सकसमा देखिए । निर्वाचन आयोगले निर्धारण गरेको समयमा सूची दर्ता गराउन कुनै पनि दल समयमा पुग्न सकेनन् । आयोगले सूची दर्ता गराउन आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकेको थियो । तर, दिउँसो १ बजेसम्म कुनै पनि दलले सूची बुझाएका थिएनन्, नयाँ पत्रिकामा खबर छ ।दिउँसो सवा १ बजेतिर राष्ट्रिय यथार्थवादी पार्टी नेपाल र नेपाल समाजवादी पार्टी (लोहियावादी)ले मात्र सूची बुझाएका थिए । यथार्थवादीले प्रतिनिधिसभाका निर्वाचनका लागि ११ जना उम्मेदवारको बन्दसूची दर्ता गरायो भने लोहियावादीले प्रदेश नम्बर २ मा ४१ जना उम्मेदवारको सूची दर्ता गराएको थियो ।सवा ४ बजेतिर एमाले नेताहरू सुवास नेम्वाङ, राजेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठ आयोग पुगेका थिए, तर सूची बुझाउन भने सकेनन् । नेताहरूसँग धरौटीबापतको रकम, उम्मेदवारको सूची र पत्र पनि थिएन । यस्तै, कांग्रेसले बन्दसूची बुझाउन पहिले नै टोकन लिएको थियो । तर, ५ बजेसम्म सूची बुझाउन सकेन । माओवादी कार्यालय सचिव प्रह्लाद बुढाथोकी टोकन लिए पनि ५ बजेभित्र बन्दसूची बुझाउन सकेनन् ।दिनभर हरेक दल समानुपातिक निर्वाचनका उम्मेदवारको सूची टुंगो लगाउन व्यस्त भए । समयको महत्व दिने ठानिएका नयाँ शक्ति र साझा विवेकशील पार्टी पनि समयमा पुगेनन् । विवेकशीलका प्रवक्ता डा. सूर्यराज आचार्यको टोली साढे ३ बजेतिर आयोग पुगेको थियो, तर उससँग आवश्यक कागजात थिएन । नयाँ शक्तिकी नेतृ हिसिला यमीसहितको टोली आयोगमा साँझतिर पुगेकी थिइन् ।संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राईसहितको टोली ३ बजेतिर आयोग पुगेको थियो । दलहरूलाई समानुपातिक समावेशी बनाएर उम्मेदवारको सूची बनाउन साह्रै गाह्रो भएको नेता राईको टिप्पणी थियो । ‘जिल्लाबाट पार्टीले समानुपातिक समावेशी बनाउन आरक्षित कोटाअनुसार सूची नपठाउँदा केन्द्रलाई समस्या परेको र ढिला भएको हो,’ राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?