अभिनेत्री नीता ढुंगानाको ‘ब्याचलर पार्टी’ (फोटोफिचर)

लोकपथ
156
Shares

काठमाडौं । ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग बिवाह बन्धनमा बाँधिन लागेकी अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् ।

उनले सोमबार होटल याक एण्ड यतीमा आफ्ना नजिकका केही साथीलाई ‘ब्याचलर पार्टी’ दिएकी हुन् । नीताले सामाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै ‘ब्याचलर पार्टी’को जानकारी गराएकी छन् ।

नीताले हरिहरसँगको करिव ४ वर्ष लामो प्रेम आगामी शुक्रबार अर्थात २४ असारमा विवाहमा परिणत गर्न लागेकी हुन् ।

वैवाहिक कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि आफन्त र परिवारको माझमा आयोजना हुने जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?