फेरि ओरालो लाग्यो सेयर बजार

लोकपथ
351
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजारमा २.२२ अंकको गिरावट आएको हो ।

मंगलबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ८.७१ अंकले घटेर ३८७.२३ बिन्दुमा झरेको छ ।

आज कारोबार अवधिभर २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । सो अवधिमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै सूचक नकारात्मक बनेको छ । जसमा व्यापार, अन्य, फाइनान्स र लगानी समूहको सेयर मूल्यमा ३ प्रतिशतभन्दा धेरै गिरावट आएको छ ।

मंगलबार सानिमा बैंक लिमिटेडको संस्थापक सेयर सर्वाधिक किनबेच भएको छ । त्यस्तै अरुण कावेली पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अप्पर तामाकोशी हाइड्रोपावरको सेयर पनि सर्वाधिक कारोबार भएको छ ।

दोस्रो बजारमा कारोबार सुरु भएदेखि नै उकालो लागिरहेको सिवाईसी नेपाल लघुवित्तको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावर, आँधीखोला लघुवित्त, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ता सर्वाधिक कमाउनेको सूचीमा परेका छन् । आज १७ कम्पनीको मात्र सेयरमूल्यमा वृद्धि भएको छ ।

त्यसैगरी, घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, सिईडीबी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर लगायतका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । आज १७५ कम्पनीको सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?