बोक्सीको आरोपमा एक महिलाको हत्या

दाङ । बोक्सीको आरोपमा बुहारीले सासुको हत्या गरेको सार्वजनिक भएको छ । 

पत्रकार सम्मेलनको आयोजना गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या गरिएको जानकारी दिएको हो । 

तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई प्रहरीले पक्राउ गरेको थियो । 

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको  र पाँच गते फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?