यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक एलेक्स पदमुक्त

लोकपथ
234
Shares

काठमाडौं । भारतीय यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ ।

सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका छन् । कुरैशीले ट्विट गरेका छन्, ‘यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको छ । आगामी कारबाही प्रक्रियामा छ ।’

यसअघि नै सीओएले ३० जुनमै प्रशिक्षक एलेक्स एम्ब्रोसको पदबाट हटाउन संकेत दिएको थियो । तर, प्रशिक्षकको नाम भने खुलाइएको थिएन । सीओएले बताएको थियो, ‘यु-१७ महिला टिममा दुर्व्यवहार भएको जानकारी आएको छ । टिम अहिले युरोप भ्रमणमा छ । अनुशासनको मामिलामा इन्डियन फुटबल शून्य सहिष्णुताको नीति राख्छ । प्रारम्भिक कारबाहीको रूपमा इन्डियन फुटबलले सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि अस्थायी रूपमा निलम्बन गरेको छ ।’

यसअघि भारतीय खेलकुदमा यौन उत्पीडनको केस बाहिरिएको थियो । एक महिला साइकल खेलाडीले स्लोभेनिया भ्रमणमा प्रशिक्षकले अनुचित वार्तालाप गरेको आरोप लगाएकी थिइन् । यससँगै प्रशिक्षलाई पदबाट बर्खास्त गरिएको थियो । हाल उनको अनुसन्धान चलिरहेको छ । यस्तै, अर्की खेलाडीले समेत विदेश भ्रमणमा आफूलाई प्रशिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

भारतीय टोली हाल युरोपमा आफ्नो अभ्यासका लागि रहेको छ । भारतले यसै वर्ष ११ मे देखि ३० अक्टोबरसम्म भुवनेश्वरी, गोवा र नावी मुम्बईमा यु-१७ महिला विश्वकप आयोजना गर्दैछ । जहाँ १६ देशको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?