भाषण गरे मात्र समृद्धि आउँदैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले भाषण गरे मात्र समृद्धि नआउने टिप्पणी गरेका छन् ।  

आज नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै  सिंहले भाषण भन्दा काम गरेर देखाउने बेला आएको बताएका हुन् । 

उनले सरकारले चर्चामा आउन ठूलठूला सपना बाडेपनि नागरिकको जिउधनको सुरक्षा गर्न समेत चुकेको आरोप पनि लगाए । दिनका दिन बलत्कार र हत्या जस्ता अपराधीक गतिविधि भइरहँदा समेत दोषीलाई कारबाही गर्न नसक्नुले सरकार कमजोर हुँदै भएको कांग्रेस नेता सिंहको भनाइ छ ।

त्यस्तै दोषि माथि कारबाहीको माग गरेर सडकमा आएका सर्वसाधारण जनतालामाथि गोलि चलाउन आदेश दिने  सरकारको  व्यवास्था प्रति गम्भिर प्रश्न समेत उठिरहेको उनले बताए । 

दिनहुँ महङ्गि बढिरहेको, कालोबजारी भएपनि सरकार सुशासनको भाषणमा नै रमाएको उल्लेख गरेका छन् ।  जनजीवनका बिषयमा आसलाग्दो काम गरेर देखाउन सरकारलाई सुझाव समेत दिएका छन् । 

फरक प्रसंगमा बोल्दै कांग्रेस नेताले  अहिलेको नेतृत्वबाट पार्टी सुधार हुन नसक्ने भएकाले अब सबल प्रतिपक्षीको भूमिका निभाउनु पर्नेमा समेत जोड दिएका छन् । 

पार्टीमा जनताको भरोसार र विश्वास भएकाले पार्टीका कार्यकर्ताहरुलाई चाकरी गर्ने बानि छाडेर सत्यको पक्षमा उभिन अपिल पनि गरे । मुख भन्दा गतिविधि हेरेर नेताको पछि लाग्न उनले आग्रह गरे । 

कार्यकर्ताको चेत नखुल्ने हो भने पार्टीको अस्थित्व संकटमा पर्ने उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?