मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
105
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा नियमित एजेण्डामाथि छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार हिजो सोमबार बैठक बस्न नसकेपछि आज बैठक बस्न लागेको हो ।

‘यो नियमित बैठक हो । नियमित एजेण्डामाथि छलफल हुनेछ । प्रत्येक सोमबार र बिहीबार नियमित बैठक बस्दै आएको छ । हिजो बैठक बस्न नसकेपछि आज बैठक बस्न लागेको हो ।’ उनले भने ।

सोमबार जनता समाजवादी पार्टीबाट मन्त्रीहरु परिवर्तन भएका कारण मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन । आज नवनियुक्त मन्त्रीहरुसहित बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?