क्यानडामा ‘काली’ ले चुरोट पिएको पोस्टर सार्वजनिक भएसँगै भारतमा तरंग

लोकपथ
221
Shares

काठमाडौं । भारतमा फेरि अर्को धार्मिक विषयले ठूलो तरंग ल्याएको छ। तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मनिमेकालाईले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।

उक्त डकुमेन्ट्रीको पोस्टर सार्वजनिक भएसँगै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट लीना मनिमेकालाई ह्यासट्याग चलाइरहेका छन् भने दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीविरूद्ध छुट्टाछुट्टै उजुरी परेका छन्।

सार्वजनिक पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोष्टरमा एलजिबिटी समुदायको प्रतीकको मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ।

हिन्दुहरूले एक फिल्म निर्माताले आफ्ना देवी देउताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्।

यो पोस्टरले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको भन्दै सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले विरोध गरेका छन् भने ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ।

लीना मनिमेकालाईले भने सामाजिक सञ्जालमा आफूमाथि आक्रमण हुन थालेपछि आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै कसैसँग पनि नडराउने बताएकी छन्।

मनिमेकालाईको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?