इलाममा सात राउण्ड गोलीसहित युवक पक्राउ

लोकपथ
0
Shares

इलाम । प्रहरीले इलामबाट ७ राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?