१४ जेष्ठ २०८०, आईतवार

मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक छ : उपसभापति गुरुङ

२०७९,असार,२१,मंगलवार १२:३७

9
Shares

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताएका छन् । उनले सधै देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गुरुङलले एकअर्कालाई आरोपप्रत्यारोप लगाउने बेला नभएको औंल्याए । गठबन्धनभित्रका दलहरूले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने उनको भनाइ छ । ‘हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो । हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने, हामी अपरिपक्व राजनीतिज्ञ हौं । हामी आफैले प्रमाणित हुन्छ । उनले भने, मलाई लाग्छ, यो कुरा आउने मंसिरतिर सायद जहाज सेफ ल्याण्डिङ गर्नसक्छौ भन्ने विश्वास छ ।,’

उसभापति गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने समेत बताएका छन् । उनले गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौ । जहाज उडिसकेको छ, आकाशमा छ तर ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।

जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन ।’

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार १२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९