एशिया कप क्रिकेट छनोट : नेपालले मलेशियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल र मलेशियाबीचको एशिया कप क्रिकेटको छनोट खेल ३० ओभरमा झारिएको छ । 

बायुमास आभल क्रिकेट मैदानमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेलमा नेपालले १०.५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ५३ रन जोडेको छ । 

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालका लागि ओपनर सुवास खकुरेल ९ रन बनाएर आउट भएका छन्  भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रन जोड्दै आउट भएका छन् । २० बलको सामना गरेका मल्ल ११ रनमा आउट भएका हुन् । यस्तै खकुरेल ८ बलको समना गर्दा ९ रन जोड्दै आउट भए ।

एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय व्यहोरेको खण्डमा नेपालको एशिया कप सपना सकिनेछ ।

नेपाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ । मलेशियाविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले पराजय बेहोर्नुपरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?