काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारीसँग छलफल थालेका छन् । मंगलबार प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरुसंगको छलफल थालेका हुन् ।
बैठकमा प्रचण्डले पार्टी पदाधिकारी चयन लगायतका सांगठनिक विषयमा छलफल गर्न लागेको जनाइएको छ । आइतबारदेखि जारी बैठक लगातार दुईदिनसम्म चलेको थियो । आज हुने भनिएको केन्द्रीय समितिको बैठक स्थगित गरेर प्रचण्ड पार्टीका पदाधिकारीसँगको छलफलमा जुटेका हुन् ।
बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरुले दबाब दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया